६ आश्विन २०८१ आइतबार
image/svg+xml

२६ विन्दुले नेप्से बढ्दा १.७अर्बको कारोबार

दैनिक चार्टमा यस दिन नेप्सेले माथिपट्टि छाया (धर्सो) सहितको ठूलो शरीर भएको हरियो महिनबत्ती बनाएको छ। यसले बजारमा विक्रेतामाथि क्रेता हावी भएको संकेत गरेको छ।

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ। लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ। बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ।

नेप्से २० अङ्कले बढ्यो

पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ।

नेप्से साढे सात विन्दुले घट्दा अर्बमाथि कारोबार

तीन दिनमा ६० विन्दुभन्दा बढीले उकालो लागेको बजारमा अल्पकालीन लगानीकर्ताले मुनाफा बुक गर्न सेयर आपूर्ति बढाएपछि नेप्से ७.४८ विन्दुले खस्किएको छ।

बजार निरन्तर उकालो, रकम अर्ब नाघ्यो

बढ्दो बजारमा पनि यस दिन बोटलर्स नेपाल तराई, नेपाल फाइनान्स र आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य तीन प्रतिशतभन्दा बढीले खुम्चिएको छ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम अर्ब माथि

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ। कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ।

टेलिकम र बिमा ओरालो लाग्दा बजार तीन विन्दुले रातो

अघिल्लो दिन झन्डै ६ विन्दुले बढेको सेयर बजारको वृद्धि मंगलबार भने टिक्ने सकेन। लगानीकर्ताले सेयर आपूर्ति बढाउँदा नेप्से ३.१६ विन्दुले ओरालो लागेको छ।

साढे पाँच अङ्कले बढ्यो नेप्से

आइतबार करिब पाँच अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने साढे पाँच अङ्कले बढेको छ।

बढेको नेप्सेलाई कारोबार रकमको साथ

साताको दुई दिन स्थिर प्रायः रहेको सेयर बजार मंगलबार भने गतिशील देखिएको छ । यस दिन नेप्से ३.७५ विन्दु बढेर १११५.७४ मा पुगेको छ । नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ । ०.३४ प्रतिशतले बढेर बन्द भएको बजारमा उतारचढाव पनि उल्लेखनीय रह्यो । यस दिन ११११.९९ विन्दुमा खुलेको बजारले १११७.८२ को उच्च विन्दु र ११११.१९ को न्यून विन्दु बनाएको छ । विक्रेता सुस्ताएको मौका पारी क्रेता सक्रिय बन्दा नेप्सेमा वृद्धि देखिएको हो । दैनिक चार्टमा यस दिन बनेको ठूलो शरीर भएको हरियो महिनबत्तीले पनि बजारमा क्रेता सक्रिय भएको देखाएको छ ।

नेप्सेमा गिरावट

आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै सोमबार पनि नेप्से ओरालो लागेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ।

नेप्सेले १४ बिन्दु गुमाउँदा सवा एक अर्बको सेयर किनबेच

केही दिनयता प्रवृत्तिहीन बनेको पुँजीबजारमा गत साता नेप्सेले १४.२ बिन्दुगुमाएको छ। आइतबार ११४६.१७बिन्दुमा खुलेको बजार बिहीबार ११३१.९७मा बन्द भएको छ। साताको पहिलो र अन्तिम दिन तुलनात्मक रुपमा बढी बिन्दुले ओरालो लागेको नेप्से बीचका तीन दिनभने स्थिरप्रायः रह्यो।

आज पनि घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ।

नेप्से परिसूचक बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो लागेको छ। बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ।

काठमाडौं– नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्