१० मंसिर २०८१ सोमबार
image/svg+xml

दशैंमा बाल मन्दिरको दशा (भिडियो)

नक्सालस्थित बाल मन्दिरका नवजात शिशुहरु कक्षा काेठामा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका छन्। भुइँचालो पछि बाल मन्दिरका नवजात शिशुहरु प्रिफ्याव भवनमा बस्दै आएका छन्। सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका हुन्।

उपत्यकाको तापक्रम बढ्याे, अबको तीन दिन वर्षा हुने

काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासी वृद्धि भएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ। न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ।

काठमाडौँसहित देशभर तापक्रम वृद्धि

केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।  मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ।

तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी

कार्तिक अन्त्यतिर चिसो छल्न स्थानीयवासी वेसी झरेसंगै सदरमुकाम फर्किएको मुगु गाउँमा रहेको सीमा सुरक्षा प्रहरी सोमबार फर्किएको छ।

तापक्रम बढ्दै चिसोबाट राहत

अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो ।

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ।  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ।

देशभर अधितकम र न्यूनतम तापक्रम घट्ने क्रम जारी

विराटनगर, जनकपुर र सिमरामा अधिकतम तात्रफम घटिरहेको छ भने नेपालगन्ज, विरेन्द्रनगर (सुर्खेत) र धनगढीमा न्यूनतम तापक्रम घटिरेहेको छ । पूर्वदेखि पश्चिम तराईका नेपाल–भारत सीमा क्षेत्र हुस्सुबाट बढी प्रभावित भइरहेको छ ।

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

संसारका विकसित, अल्पविकसित र विकासशील राष्ट्रहरुले ‘हुन्छ हामी १.५ डिग्रीमै सिमित राख्छौ’ भनेर लिखित सहमती गरेको पनि दुई बर्ष बितिसक्यो । दुईबर्ष अघि फ्रान्सको राजधानि पेरिसमा त्यो सम्झौता गरे । अहिलेसम्म बोनमा विश्वका हजारौं सहभागीहरुको बीचमा फेरी पनि यही मुद्दामा बहस भइरहेको छ ।

विश्व तापक्रम १.५ डिग्रीमा राख्न विकसित राष्ट्रलार्इ नेपालको आग्रह

नेपालले  विकसित राष्ट्रहरूलाई न्यून कार्बन उत्सर्जन विकासको मार्ग यथासक्य अवलम्बन गरी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भन्दा कम राख्न अपिल गरेको छ ।

खुम्जुङको तापक्रम माइनस ११ डिग्री

सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो ।

पृथ्वीको तापक्रमबाट १४० मेगावाट विद्युत उत्पादनको तयारी

विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ। यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्