बाजुरालीको पहिचान भुवा पर्व सुरु
बाजुरा जिल्लाको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व आजबाट विधिवत् रूपमा सुरु भएको छ। पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
बाजुरा जिल्लाको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व आजबाट विधिवत् रूपमा सुरु भएको छ। पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ। द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ।