६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाँच दिनमा ७५.४९ बिन्दुले बढ्यो

नयाँ वर्षको सुरुवातदेखि नै सेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ। चैतको अन्त्यमा ११८८.७१ बिन्दुमा रहेको नेप्से आइतबारसम्ममा १२६४.२० बिन्दुमा आइपुगेको छ। पाँच कार्य दिनमा नेप्से ७५.४९ बिन्दुले बढेको हो। यो साताको पहिलो दिन आइतबार ३१.८९ बिन्दुले उकालो लाग्यो।

शेयर बजार : दोहोरो अङ्कले बढ्यो

लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ।

शेयर बजारमा सामान्य वृद्धि

मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ।

तीन दिनभित्र ब्याज तिर्न उर्दी

काठमाडौं-बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर लिएको ऋणको ब्याज बुझाउन तीन दिनको समय दिएका छन्। वित्तीय संस्थाले चैत २९ भित्र ब्याज तिर्न लिखित रुपमै दबाब दिएपछि बचत नहुने लगानीकर्ताले बाध्य भएर सेयर बिक्री गरेका छन्। यही कारण मंगलबार सेयर बजारको सूचक नेप्से १०.५८ बिन्दुले घटेको छ ।

नेप्से दुई अङ्कले बढ्यो

शेयर बजारमा सुधारको क्रम जारी रहेको छ। पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २।०१ विन्दुले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४।५३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।३२ विन्दुले बढेर २४३।४९ विन्दुमा पुगेको छ।

शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ।

शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार साेमवार भने घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ। परिसूचक घटे पनि कारोवार रकम भने बढेको छ। कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरिद बिक्री भए।

शेयर बजार दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ।

दोहोरो अङ्कले बढ्यो शेयर बजार

आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ।

नेप्से ७.१७ अंकले घट्यो

मंगलवार नेप्से परिसूचक ७ दशमलव १७ अंकले घटेर ११०२.५६ विन्दुमा ओर्लिएको छ । मंलगबार नेप्से परिसूचक शुन्य दशमलव ६५ अंकले घटेर सो विन्दुमा कारोबार बन्द भएको हो । कारोबार सुरु भएको केही बेरमै घट्न थालेको नेप्से ११ सय विन्दुमा टेवा लगाउँदै बन्द भएको छ ।

सोमबार उकालो लागेको सेयर बजार आज राताम्मे

सोमबार उकालो लागको नेप्से परिसूचक मंगलबार राताम्मे भएको छ। मंगलबार दिउँसो १२.३० बजेसम्म फाइनान्स कम्पनी वाहेक  सबै समूहको नेप्से परिसूचक घटेको छ। सोमबार अन्य सबै समूहको नेप्से परिसूचक बढेको थियो।

दोहोरो अंकले घट्यो नेप्से

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ। कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर बढेको छ। सो उपसमूहको शेयर ३३.२ विन्दुले बढेको छ।

सात अङ्कले घट्यो शेयर बजार

धितोपत्र बजारमा साेमबार शेयरको मूल्य घटेको छ। लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव २१ विन्दुले घटेर १ हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्