६ आश्विन २०८१ आइतबार
image/svg+xml

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो। त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ।

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन।

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ।

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ।

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ।

नेप्से बढ्यो, कारोवार घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ। स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ।

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ।

मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ। पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो।

साताको शेयरः दुई अर्बको कारोवार

धितोपत्र बजारमा यस साता करीब दुई अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ रुपैयाँ मूल्य बराबरको शेयर कारोवार भएको छ।

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन्। शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो।

नेप्से उकालो यात्रामा

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ

सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ।

अन्तिम दिन नेप्से २.३७ बिन्दुले घट्यो

साताको सुरुदेखि चार दिनसम्म लगातार बढेको सेयर कारोबार अन्तिम दिन सामान्य बिन्दुले घटेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से १५.८५ बिन्दुले बढेकामा बिहीबार २.३७ ले घटेको हो।

शेयर बजारः नेप्से परिसूचक थामियो

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ। बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्