लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव
म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ।
म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ।
डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ।
उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदै गएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले हुचिललाई वडा पंक्षी घोषणा गरेको छ। जालपामा शुक्रबारदेखि सुरु दुई दिने लाटोकोसेरो तथा हुचिल उत्सवको अवशरमा वडा कार्यालय जालपाले हुचिल (हाप्सिलो)लाई वडा पंक्षी घोषणा गरेको हो। वडामा रहेका लाटोकोसेरो अनुसन्धान र संरक्षणका लागि विशेष पहल गर्दै नेपाल सरकारमार्फत अनुमोदन गराउनेगरी हुचिललाई वडा पंक्षी घोषणा गरिएको वडाध्यक्ष बिकास राईले बताए।
माघ तेश्रो साता खोटाङको जालपामा हुने आठौं लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो।
खोटाङको जालपामा माघ तेश्रो साता उल्लु उत्सव हुने भएको छ। किसानको साथी उल्लु संरक्षणका लागि यस्तो उत्सव गर्न लागिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट प्रहरीले दुर्लभ पंक्षी हुचिल सहित ३ जनालाई पक्राउ गरेको छ ।
मान्म ताडिका भरत पाण्डेले आफ्नो घर नजिकैको रुखमा पासो लगाएर हुचिल समाए। हुचिल समाएपछि अव ७ लाख पाइने भो भन्दै उनी खुसी भए। उनले एक हप्तासम्म कुखुरा र खसीको मासु दिएर आफ्नै होटलमा हुचिल राखे। ७ लाख रुपैयाँ पाइन्छ भन्ने हल्लाले धेरै दुःख गरेर अफ्ठ्यारो रुखबाट समाएर ल्याएको उनले सुनाए।