मेयर बालेनविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ।
सबैबाट प्रशंसा बटुली रहेका बालेन्द्र शाह विशेष गरी नयाँ पुस्तामाँझ निकै लोकप्रिय बन्दै गइरहेका छन्। धमिलिइरहेको राजनीतिमा पछिलो समयमा उनको प्रवेशले नयाँ पुस्तामा एउटा सकारात्मक सन्देश फैलाएको छ।
अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा (आज) सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको अधिवक्ता दिपकराज जोशीले नागरिक न्यूजलाई बताए।