५ आश्विन २०८१ शनिबार
image/svg+xml

बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्