२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँकेका महिलाले पाँचहजार खसी राजधानी पठाउँदै

बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन्। दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन्।

हनुमानढोकाको दशैं घरमा जमरा राखियो

नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । यसै अवसर पारेर आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ।

दशैँ लक्षित खसीबोका बजार शुरु

ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बिक्री गर्दै आएका यहाँका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन्।

घर फर्कनेको लर्को, सीमानामा सास्ती

‘नेपाली भाषा बोल्ने र परिचितले जस्तै व्यवहार गर्ने एकजनाले एकएकवटा बिस्कुट खान दिएको थियो,’ सेती प्रादेशिक अस्पतालमा उपचारपछि होसमा आएका गोपालले भने, ‘त्यसपछि के भयो, केही थाहा भएन।’ उनका अनुसार दुवैजनाबाट ५०/५० हजार गरी १ लाख रूपैयाँ लुटिएको छ।

दशैँसम्मै वर्षा हुने

यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ। नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवायुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आठ महिनापछि भित्रियो भारतीय खसीबोका

गत फागुनदेखि रोकिएको भारतीय खसीबोका आयात दशैंको मुखमा आएर फेरि सुरु भएको छ। भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसीबोका, बाख्रा, भेडा लगायतलाई रोक्न सरकारले नयाँ प्रावधान ल्याएपछि प्रकिया पुर्याएर ८ महिना पश्चात कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै खसीबोका नेपाल भित्रिएका हुन्।

बाँकेमा फरक तरिकाले समुदायसँग मिलेर दशैँ मनाइने

हिन्दूहरुको महत्वपूर्ण पर्व दशैँको बाँकेमा छुट्टै विशेषता छ। यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन्।

आफैं सडक मर्मत गर्दै स्थानीय

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयले सडक मर्मत सुरु गरेका छन्। दशैं तिहारलाई लक्षीत गर्दै स्थानीयले अवरुद्ध भएको मुलघर–बाघखोर–डिकुवा–चारबोटे ग्रामिण सडक मर्मत सुरु गरेका हुन्।

दशैंमा सबै सवारीमा दुई चालकको अनिवार्य, मापसे गर्नेलाई कडा कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ।

बुकिङ खुला भएपछि टिकट लिनेको भिड

वडादशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ। आइतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ।

दशैंको अग्रिम टिकट असोज ५ देखि खुल्ने, भाडादर यथावत

दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो।

दशैं, तिहारमा सुपथ मूल्य पसल संचालन गरिने

सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ।

देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

चैतेदशैँ र रामनवमी पर्वका अवसरमा विहीवार बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको हो।

आजदेखि चैत्र नवरात्र सुरु, घरघरमा घटस्थापना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड

चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ। चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ। आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्