‘क्याडी’ को भन्दा कम भत्तामा खेल्दैछन् गल्फर
गल्फ आफैंमा महंगो खेल हो। गल्फरलाई एक क्याडी (क्लब सेट बोक्ने सहयोगी) अनिवार्य चाहिन्छ। सहयोगीलाई दैनिक भत्ता दिनुपर्छ। कोर्षको शुल्क दिनुपर्छ। त्यसले पनि महंगो पर्ने हो। आवश्यक खेल सामग्री पनि महंगो नै पर्छ। क्लब सेट किन्न एक लाख भन्दा बढी नै पर्छ। त्यसैले महंगो पर्छ। बललाई २५ सय रुपैयाँ पर्छ। एउटै प्रतिस्पर्धामा थुप्रै बल हराउँछ। जुन महंगो खेलको अर्को प्रमाण हो।