coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

माओवादीको भविष्य उज्ज्वल छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे।

एकथरी मानिसले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेका छन्ः दाहाल

‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरुले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणिकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरु भइराखेका छन्। सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरु अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई। त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडि बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो।’

निर्वाचन प्रणाली र शासकीयस्वरुप परिवर्तन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

'हामी पहिला खाद्यान्नमा निर्भर थियौँ, आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्र्यौं तर अहिले हामी निर्यातभन्दा आयात धेरै गर्न थालेका छौँ', अध्यक्ष दाहालले भने, 'गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन।'

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

'हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्', अध्यक्ष दाहालको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्