१२ श्रावण २०८१ शनिबार
image/svg+xml

खेलमा छैन खेलाडीको ध्यान

गाजामा युद्धविरामको संकेत नदेखिएपछि खेलाडीहरूले हतासा महसुस गरिरहेका छन्। एसियन कपको विशेष तयारी गर्ने प्रयासमा भए पनि उनीहरूका लागि सहज भइरहेको छैन।

नाटक ‘एक चिहान’ मंसिर १८ देखि मञ्चन हुने

हृदयचन्द्र सिंह प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक मंसिर १८ गतेदेखि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा मञ्चन गरिने भएको छ।

चिहानबाट शान्ति कि भय ?

मलाई अफ गानिस्तानमा रहेको चिहान परिसरको अवलोकन पछि तर्साउने, भूतप्रेत, भय, काँचोवायु, डाइनेबोक्सी आदिको विषय केवल मान्छेको मनभित्रको कुरा रहेछजस्तो लाग्छ।

मुस्लिम र हिन्दुले धुमधामसँग मनाए मुहर्रम

एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षोल्लास र धुमधमासँग मुहर्रम मनाएका हुन्। सो अवसरमा मुस्लिमहरुले विशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए।

द्वन्द्वको घाउः सामूहिक चिहानबारे बेखबर आयोगहरू

रोल्पामा भेटिएका चिहान तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका समयमा सेनाद्वारा मारिएका स्थानीयको भएको स्थानीयले दाबी गरेका छन्। कुनै समय ठूलो खाडल रहेको रोल्पा नगरपालिका–४ कालिमाटी गाउँको कालिपोखरा जंगलमा ठूलाठूला ढुंगाले पुरिएको अवस्थामा मानव कंकाल, हाडखोर र कपडा प्रस्ट देख्न सकिन्थ्यो।

'चिहानघारी' मा खेल्ला त नर्वे ?

नर्वेका स्ट्राइकर इर्लिङ हल्यान्ड घरमै बस्छन् वा समर्थकले चिहानको संज्ञा दिएको स्थानमा खेल्न जान्छन् ? आइतबार बस्ने नर्वे फुटबल कम्युनिटीको बैठकले अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने अथवा बहिष्कार गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ।

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो।

परिवारका ४ सदस्य गुमाएका अन्सारी भन्छन्, ‘हेर्दाहेर्दै घर नै चिहान भयो’

फेटा गाउँपालिकाका भुवार अन्सारी आइतबार साँझ खाना खान परिवारका ६ जना सदस्यसहित घरभित्र प्रवेश गरेका थिए। घरमा प्रवेश गरेको केही मिनटमै भीषण हावाहुरी चल्यो। घर भत्कायो। घर भत्किँदा भुवारसहित सातै जना पुरिए। तर, उनी बल्लतल्ल जिवित निस्किन सफल भए।

चिहानबाट शव निकालेर पोष्टमार्टम

खोटाङमा सदगद गरेको शव प्रहरीले दुई दिनपछि निकालेको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा खमारेका ४५ वर्षीय भीमबहादुर राईको शव गाडेको दुई दिनपछि प्रहरीले निकालेको हो।

मेक्सिकोमा सामूहिक चिहान भेटियो

मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

इराकमा भेटियाे ४ सय शव भएकाे अामचिहान

इराकको हविजा शहर नजिकै ४०० वटा शव भएको आमचिहान फेला परेको छ । गत महिनासम्म इस्लामिक स्टेटको नियन्त्रणमा रहेको हविजा शहरमा ४०० शव रहेको आमचिहान फेला परेको किर्कुक प्रान्तका गभर्नर राकन सईदले जानकारी दिएका हुन्। उनका अनुसार केही शव साधारण पोशाकमा देखिएका थिए भने केही आइएसले मृत्युदण्ड दिँदा लगाईदिने पोशाक लगाएको अवस्थामा थिए ।

चिहान खनेर गहना चोरी

जिल्लाको माइजोगमाई गाउँपालिका–४, नामसालिङमा माटोमा गाडिसकेको शव खनेर सुनका गहना चोरिएको छ। अघिल्लो दिन शव गाढिएको ठाउँ (चिहान) खनेर शुक्रबार राति चारआनाको सुनको मंगलसूत्र चोरिएको हो।

'चिहान’ माथि उत्रिएको खुसी

कालिकोट, कोटबाडाका मानबहादुर बिष्टलाई 'चिहान’माथि जहाज उत्रिएला भन्ने कहिल्यै लागेको थिएन। सशस्त्र द्वन्द्वको बेला डेढ दशकअघि १७ कामदारसहित ३५ सर्वसाधारणको ज्यान गएको निर्माणाधीन सुनथराली विमानस्थल उनको मानसपटलमा विमानस्थल नभई सामूहिक चिहानको रुपमा बसेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्