१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘शेरबहादुर दाइ टिकट माग्न म काठमाडौँ आउँदिन’

दाइ, म जस्तै आकांक्षीहरु दलबलसहित तपाई र पार्टीका ठूला नेताहरुलाई भेटेर उम्मेदवार बन्नका लागि टिकट दिलाइदिनुस् भन्नका लागि राजधानी आउँदै हुनुहुन्छ। उहाँहरुलाई शुभयात्रा र शुभकामना टक्रयाँउछु। तर, शेरबहादुर दाइ म भने तपाईं र ठूला नेतालाई चुनाव अघि भेट्न आउँदिन। किनकी भेटेर टिकट मिलाई दिनुस् भन्न म आउँदिन। यसको मतलव म उम्मेदवार बन्ने दौडबाट पछाडी हटे र फिर्ता लिएको भन्ने पटक्कै होइन।

‘राजनीतिलाई मैले अल्पकालीन यात्राको रूपमा लिएकी छैन’

‘उपमेयर पदको उम्मेदवारी दावी गर्दै गर्दा मेरा प्रष्ट भिजन लिएर अघि बढ्ने मैले योजना बनाएकी छु। मसँग सुन्दर र समृद्ध काठमाडौं बनाउने भिजन छ। मैले विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु,’ उनी भन्छिन्, ‘म त्यो अनुभव यहाँ पनि लागु गर्न चाहन्छु। त्यो भिजनलाई पूरा गर्न हरेक युवाको साथ लिएर अघि बढ्ने छु।’

सामाजिक सञ्जालको ‘जञ्जाल’: पोखरामा उम्मेदवार नै बदलिए

एमालेले पोखरा महानगरपालिकामा मेयरको उम्मेद्वार हुन चाहेका १२ जना आकांक्षीको नाम केन्द्रमा पठाएको थियो। तीमध्ये एमाले सचिवालय बैठकले मेयरको उम्मेदवारको रुपमा दीपक पौडेलको नाम सार्वजनिक गर्‍यो। पार्टीले पौडेललाई उम्मेद्वार बनाउने निर्णय बाहिरिएको घण्टा बित्न नपाउँदै सामाजिक एउटा भिडियो पनि भाइरल बन्यो जुन भिडियो उनै उम्मेदवार पौडेलसँग सम्बन्धित रहेको दावि गरिएको छ। भिडियोबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी बढ्दै गएपछि पौडेलको उम्मेदवारी खोसेर गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई मेयरको उम्मेदवार बनाइयो।

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उपाध्यक्ष रावलद्वारा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा

आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको पनि रावलको भनाइ छ।

कोभिड-१९ खोप उम्मेद्वारको प्रभावकारिता परीक्षणको लागी नामांकन सुरू

सुरक्षित, प्रभावकारी र किफायती खोपहरुको खोज, विकास र वितरणको लागी समर्पित एक अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट ले नेपालमा तीन अध्ययन साइटहरुमा चार हजार स्वयंसेवक भर्ना गर्ने अपेक्षा गर्दै, फेज तीन क्लिनिकल ट्रायल सञ्चालन गर्ने छ।

राप्रपाको तर्फबाट मेयरका उम्मेद्वार मिश्रामाथि कुटपिट

कपिलवस्तुको कृष्णनगरमा शनिबार साँझ राप्रपा तर्फबाट मेयरका उम्मेद्वार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रामाथि हातपात भएको छ। हातपातबाट मिश्रा घाइते भएका छन्।

मेयरमा हर्क सम्पाङको स्वतन्त्र उम्मेद्वारी

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयर पदको लागि हर्क सम्पाङ राईले स्वतन्त्र उम्मद्वारी दिने घोषणा गरेका छन्।

ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ। नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए।

दोस्रो कार्यकालका लागि घानीद्वारा उम्मेद्वारी दर्ता

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। राजधानी काबुलमा आइतबार घानीले राष्ट्रपति पदको उम्मेद्वारका रूपमा उम्मेद्वारी दर्ता गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। १७ वर्ष देखि गृहयुद्धले आक्रान्त अफगानिस्तानमा सन् २०१९ मा हुने राष्ट्रपतीय निर्वाचनमा घानीले आफ्नो पूर्ववर्ती सरकारी शासकीय साझेदारविरुद्ध गठबन्धन बनाएसँगै राष्ट्रपति पदको उम्मेद्वारी दर्ता गरेको बताइएको छ।

प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा उल्टो अभ्यास

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त रहेका पदमा विधान मिचेरै सरकारले नियुक्ति प्रक्रिया थालेपछि पद पाउन उम्मेद्वारको होडबाजी शुरु भएको छ।

मेक्सिको निर्वाचन : वामपन्थी उम्मेद्वार लोपेज अब्राडर विजयी

मेक्सिकोको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार एन्ड्रेज म्यानुएल लोपेज अब्राडर विजयी भएका छन्।

इक्यान निर्वाचन : बस्नेत प्यानलले गर्‍यो उम्मेद्वारीको घोषणा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो वैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेको छ।

विद्या भण्डारीले गरिन राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आफ्नो दोश्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेकी छिन् । यही फागुन २९ गते हुन् राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीले उम्मेद्वारी दर्ता गराएकी हुन्।

कुमारी लक्ष्मी राईद्वारा राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

नेपाली काँग्रेसकी कुमारी लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्