९ मंसिर २०८१ आइतबार
image/svg+xml

सात वर्षमा ३५ प्रतिशत काम

पाँचथर र तेह्रथुमलाई जोड्ने गरी तमोरको लुमुघाटमा मोटरेबल पुल बनाउन ठेक्का लागेको ७ वर्ष पुग्दापनि काम सकिएको छैन्। निर्माण कम्पनीले लामो समयदेखि पुलको काम राम्रोसँग नसक्दा स्थानीयले हिँडेरै वारीपारी गर्नुपर्ने बाध्यता रहेको छ।

खुल्ला दिसामुक्त तेह्रथुममा सार्वजनिक शाैचालयकै अभाव, नागरिकलार्इ सास्ती

खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको तेह्रथुम जिल्लाका मुख्य बजारहरुमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिकहरुलाई समस्या हुने गरेकोेछ।

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् ।

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।

तेह्रथुमको म्याङलुङमा बस दुर्घटना, एक गम्भीर

म्याङलुङबाट काठमाण्डौका लागि हिडेको मितेरी बस बसन्तपुर –म्याङलुङ सडक खण्डको काडेमा दुर्घटना भएको छ । विहीबार दिउँसो १२ बजे म्याङलुङबाट काठमाण्डौका लागि हिडेको ना ६ ख ७६९० नम्बरको मितेरी बस सबिक सोल्माको काँडेमा सडकबाट तल खसेको हो ।

तेह्रथुममा बेपत्ता हुने महिलाको संख्या बढ्दै

पछिल्लो समय जिल्लामा छोरीसहित महिला बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । एक महिनाको अवधिमा महिला हराएकोले खोजी गरि दिन भन्दै प्रहरीमा उजुरी आउनेको स‍ख्या समेत बढेको छ ।

जिल्ला समन्वय समिति तेह्रथुममा एमाले

तेह्रथुममा नेकपा एमालेको एकलौटी जिल्ला समन्वय समिति गठन भएको छ । समन्वय समितिको प्रमुख र उपप्रमुखमा नेकपा एमाले र नेपाली काँग्रेसबाट उम्मेद्वारी परे पछि  शुक्रबार सम्पन्न निर्वाचनमा ८ मत प्राप्त गर्दै प्रमुखमा शिव ढुंगाना र उपप्रमुखमा प्रेमलता घिमिरे गौतम बिजयी भएका हुन्।

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

बसन्तपुर–म्याङलुङ सडक खण्डको च्याक्चेमा हिलाम्य भएको सडक  पार गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

तेह्रथुमका लागि आएको रसायनिक मल भोजपुरमा फेला

तेह्रथुम जिल्लाका किसानका लागि आएको रासायनिक मल भोजपुरमा ब्रिकी भएको खुलासमा भएकोछ।

तेह्रथुममा जीप दुर्घटना,११ घाइते

तेह्रथुमको अठराइबाट फिदिम तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

तेह्रथुम प्रजाङ बस्तिका ३३ घरमा बिजुली पुग्यो, स्थानीय हर्षित

फेदाप गाउपालिका वडानम्बर २ साबिक ओयाक्जुङ गाबिसको प्रजाङ बस्तीमा केद्रीय विद्युत् बिस्तार भएसंगै स्थानियबासीहरु हर्षित भएका छन् । विद्युतको अभावमा टुकी र घरेलु बत्ती प्रयोग गर्दै आएका ओयाक्जुङ ६ प्रजाङ बस्तीका स्थानियहरु गाउँमा विद्युत बिस्तार भएपछि हर्षित भएका हुन्।

तेह्रथुम कारागार परिसरमा पहिराे

जिर्ण अवस्थामा रहेको जिल्ला कारागार तेह्रथुम परिषरमा पहिरो गएको छ। श्निबार दिउँसो परेको पानीले नवनिर्मित म्याङलुङ–कारागार सडक खण्डमा पहिरो जाँदा जिर्ण कारगारमा क्षति पुगेको छ। पहिरोले कारगार प्रबेशद्वार भत्किएपछि बाटोसमेत बन्द भएको छ।

तेह्रथुममा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

तेह्रथुम आठराईको संक्रान्ति बजारमा अहिले भीषण आगलागी भैरहेको छ। स्थानीय अग्नी सेढाईको घरबाट सुरु भएको आगोले अाधा दर्जन घर जलेका छन् भने १६ वटा घर संभावित जोखिममा रहेका स्थानीय छबि कन्दङवाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्