४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशङ्कर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्