६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेप्सेमा सामान्य सुधार

साताको २ दिन निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार भने सामान्य बढेको छ। परिसूचक १.१अंकले बढेर ११सय६१.४३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्सेमा सामान्य गिरावट

साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.१४ अंकले घटेर ११सय ८१.४१ बिन्दुमा आएको छ।

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि  एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

शेयर बजारमा दोहोरो अङ्कले वृद्धि

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्यमा सुधार आएको छ। कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ।

मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा आइतबार अनपेक्षित गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ।

सातामा एक अर्ब बढीको शेयर कारोवार

धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलब ९८ बिन्दुमा पुगेको छ।

१ करोड ४४ लाख कित्ता शेयर जारी गर्दै मध्य भोटेकोसी

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेघावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थागत लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदातासंस्थाका कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता (२४प्रतिशत) कार्तिक २८देखि साधारण शेयरका लागि अाह्वान गर्ने भएकाे छ।

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको शेयर आउँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ।

एसियाली शेयर बजारमा भारी गिरावट

अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ।

एसियाली शेयर बजारमा भारी गिरावट

अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ। चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ।

शेयर बजारमा सामान्य गिरावट

धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२३ अंकले घटेर १२ सय २७.३७ बिन्दुमा झरेको छ।

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्ककाे गिरावट अाएकाे छ। मङ्गलवार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो।

१८ अंकले घट्यो नेप्से, ५३ करोडको कारोबार

आइतबार १० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सोमबार १८.०४ अंकले घटेर १२सय ३८.६७ अंक कायम भएको छ। कारोबार भएका १०मध्ये ९ समूहका सूचकहरु नै नकारात्मक रहँदा समग्र परिसूचक नै दोहोरो अंकले घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्