५ आश्विन २०८१ शनिबार
image/svg+xml

शेयर बजारमा सामान्य वृद्धि

मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ।

शेयर बजारमा सुधार : छ अङ्कको वृद्धि

आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ।

थामियो शेयर बजार

शेयर बजार बढ्ने क्रम आज थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ।

प्रधानमन्त्रीलाई २० कित्ता शेयर

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ।

शेयर बजार : सामान्य अङ्कको सुधार

लगातार घट्दै आएको शेयर बजार साेमवार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर रु २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन्।

शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ।

प्रधानमन्त्री अाेलीले किने त्रिशूली ‘बी’काे शेयर

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहीबार जनताको शेयर आवेदन शुभारम्भ गरेका छन्।

शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार साेमवार भने घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ। परिसूचक घटे पनि कारोवार रकम भने बढेको छ। कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरिद बिक्री भए।

शेयर बजार दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ।

दोहोरो अङ्कले बढ्यो शेयर बजार

आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ।

शेयर बजारमा सामान्य सुधार

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलवार सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ। कुल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा खरीद बिक्री भए।

पाँच अङ्कले घट्यो शेयर बजार

साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा पुगेकाे छ।

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन। निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो। नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ। स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३.३४ विन्दुले बढेको छ।

शेयर बजारमा २२ अंकको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ।

सात अङ्कले घट्यो शेयर बजार

धितोपत्र बजारमा साेमबार शेयरको मूल्य घटेको छ। लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव २१ विन्दुले घटेर १ हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्