अमेरिका–तालिबानबीच वार्ताको तयारी
अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ।
अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै राम्रो’ भएको ह्वाइट हाउस स्रोतले बताएको छ।
अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन्।
अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन्।
संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ। यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो।
तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन्।
अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ। सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुन गइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ।
संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीच कतारको दोहामा वार्ता जारी रहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहेकै बेला आठौं चरणको वार्ताअन्तर्गत शनिबारबाट पुनः वार्ता सुरु भएको छ।
संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ।
राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर धेरै सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिएका छन्। उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुवाहक बसले ठक्कर दिएको बताएका छन्। सो घटनामा १० जना सख्त घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।
पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ। यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ।
पश्चिम भागमा पर्ने फराह प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरेका छन्।
पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ।
अफगानिस्तानको उत्तरी प्रान्त तखार र जावजानमा सुरक्षा अधिकारी र तालिबान लडाकुबीच भएको झपडमा परी कम्तीमा २६ तालिबान मारिएको सरकारी स्रोतले शनिबार जानकारी दिएको छ। तालिबान समर्थक लडाकुको एक समूहले जावजान प्रान्तको कार्कीन जिल्ला कब्जा गर्ने क्रममा शुक्रबार अबेर राति भीषण आक्रमण गरेका थिए। उक्त आक्रमणको क्रममा सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा कम्तीमा २० लडाकु मारिएका हुन्।