चलचित्र चिसो मान्छे सुपरहिट हुनेमा ढुक्क छन् दीपेन्द्र
मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो। मान्छेको सुख, दुःख रोदन हाँसोमा गहिराइ धेरै थोरै हुन सक्ला तर अन्तर्य समान हुन्छ। सबैले बुझ्छन्। पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समातेर आफ्नो सिने यात्रा दौडाइ रहेका छन्।