सिरियामा दुई रुसी सैनिक मारिए
सिरियामा नयाँ बर्षको पूर्व सन्ध्यामा इस्लामिक स्टेटका ९ आइएस आतङ्ककारी समूहले गरेको मोर्टार आक्रमणमा परी दुई जना रुसी सैनिक मारिएका छन्
सिरियामा नयाँ बर्षको पूर्व सन्ध्यामा इस्लामिक स्टेटका ९ आइएस आतङ्ककारी समूहले गरेको मोर्टार आक्रमणमा परी दुई जना रुसी सैनिक मारिएका छन्
उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको छ। मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ।
नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।
गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले साइबर ह्याकिङ्गको माध्यमद्वारा हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरु विश्वस्त भएपछि यसले अमेरिकी उच्च राजनीतिमा एक प्रकारको तरङ्ग पैदा गरेको छ ।
एके–४७ का जननी मिखाइल कलाशिन्कोव सुरुमा कवि बन्न चाहन्थे। तर समयको खेलले उनलाई सेनाको जनरल बनायो। त्यही भएर मानिसहरु एके–४७ लाई ‘असफल रुसी कविको उदास रचना’ पनि भन्छन्। विश्वमा सबैभन्दा धेरै मानिसको हत्यामा प्रयोग भएको एके–४७ मेसिन गन मिखाइल कलाशिन्कोवको बनाएका थिए।
टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।