११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अस्ट्रेलियाको संघर्ष जारी

भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यतिबेला अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण दिइरहेका छन्। शैक्षिक परामर्श तथा आप्रवासन सम्बन्धि संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा भएको क्रिकेट मेलामा खड्काले प्रशिक्षण दिएका हुन्।

अष्ट्रेलियामा नेपाली युवक मृत फेला

१० वर्षे अपाङ्गता भएको बालकको हेरचाह गरिरहेका एक नेपाली नर्सको शव शनिवार एडिलेइड समुन्दी किनारमा फेला परेको छ। अष्ट्रेलियन सञ्चारमाध्यमका अनुसार गत विहीवारदेखि हराइरहेका २२ वर्षीय नेपाली युवा निश्चल घिमिरे नाङ्गै डुबेको अवस्थामा फेला परेका हुन। उनी बस्दै आएका घरमा सोधपुछ गर्दा उनी विहीवार दिउँसो १२ः३० बजे निस्केका थिए।

विदेशी भुमिबाट फेरिँदै विहे संस्कार, ‘माइ स्वयम्बर’को शुभारम्भ

संसारभर छरिएका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन, सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा विभिन्न धार्मिक अनुष्ठानका लागि ‘गुरू मन्जरी’ नामक संस्था अष्ट्रेलियामा स्थापना भएको छ।

भारत र अष्ट्रेलियाबीचकाे टी-२० श्रृंखला बराबरीमा टुंगियाे

भारत र अष्ट्रेलियाबीचको टी–२० श्रृङ्खला एक एकको बराबरीमा सकिएको छ। तीन खेलको श्रृङ्खलामा एक खेल घरेलु टोली अष्ट्रेलियाले जितेको छ भने एक खेल भारतले जित्यो। एक खेल भने वर्षाले प्रभावित भएको थियो।

टी–२० महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

टी–२० महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ। वेष्ट इण्डिजमा आइतबार बिहान भएको फाइनलमा इङ्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले चौंथो पटक उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

महिला टी–२० विश्वकप : उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने

महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन्। शुक्रबार बिहान भएको सेमिफाइनलमा इङ्ल्याण्डले भारतलाई हरायो भने अष्ट्रेलियाले वेष्ट इण्डिजलाई पाखा लगाएको छ।

पहिलाे टी-२० खेलमा भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

मार्क स्टोनिसको उत्कृष्ट प्रदर्शनप्रेरित अस्ट्रेलियाले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतमाथि डकवर्थ लुइस पद्धतिमा ४ रनको रोमाञ्चक जित हात पारेको छ।

अष्ट्रेलियामा थारु समूदायको ‘मिट एन्ट ग्रिट’ कार्यक्रम

थारु सोसाइटी अष्ट्रेलियाले ‘मिट एन्ड ग्रिट’ कार्यक्रमअन्तर्गत पिकनिक कार्यक्रम आयोजना गरेको छ। अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई एकताबद्ध गराउने उद्देश्यले खोलिएको यो संस्थाले त्यहाँ रहेका थारुहरुबीच आत्मियता कायम गर्न कार्यक्रम आयोजना गरेको जनाएको छ।

नेपाल–अष्ट्रेलिया साझेदारी

नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ।

डा. धिताल ‘प्राइड अफ अष्ट्रेलिया’का लागि मनोनित

मृत व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने कार्यमा सफलता पाएका चिकित्तसक डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित पदक‘ प्राइड अफ अष्ट्रेलिया’का लागि मनोनयनमा परेका छन्।

अष्ट्रेलियाले नेपालको हरित उद्यमशीलता कार्यक्रममा सघाउने

अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जिविकोपार्जन कार्यक्रममा सहयाेग गर्ने भएकाे छ। अष्ट्रेलियाले वनमा आधारित हरित उद्यमशीलता कार्यक्रम सञ्चालनमा सघाउने भएकाे हाे। नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर उक्त प्रस्ताव राखेका हुन्। भेटमा मन्त्री बस्नेतले राजदूत बडसमक्ष जनताको जीवनस्तरमा सुधार गर्ने प्रकृतिका कार्यक्रम सञ्चालनका लागि आग्रह गरेका थिए।

नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह घोषणा

संघीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ। सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको शुभारम्भ गरेको हो।

जोनसनले लिए सम्पूर्ण फर्म्याटका क्रिकेटबाट विश्राम

अष्ट्रेलियाका तिव्र गतीका बलर मिचेल जोनसनले सबै फर्म्याटको क्रिकेट प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन्। यो वर्षको शुरुवाततिर बिग बास लिगको अन्तिम खेल पर्थ स्कोर्चर्सबाट खेलेका उनले अब कुनैपनि घरेलु लिग समेत नखेल्ने घोषणा गरेका हुन।

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्