११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा अष्ट्रेलियाकाे  सिड्नीमा एकजना उत्तर कोरियाली नागरिक पक्राउ परेका छन्।  उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए ।

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्। उनीहरुको पहिलो कार्यक्रम यहीबाट सुरु हुने आयोजक नेपाली टचका राजके ग्वोस्वामी नेपालले जानकारी दिए ।

अष्ट्रेलियामा समलिंगी विवाहले कानुनी मान्यता पाउँदै

समलिंगी विवाहबारे भएको जनमत संग्रहमा करिब ६३ प्रतिशत मत विवाहको पक्षमा देखिएपछि अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ । समलिंगी विवाहबारे नयाँ कानुन निर्माणका लागि अस्टे«लियामा जनमत संग्रह भएको थियो ।

नारी निकुञ्ज अष्ट्रेलियाद्वारा नैकापको विशेष विद्यालयलाई सहयोग

अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्रकुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका लागि एक लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्।

बाढीपहिरोबारे अष्ट्रेलियाबासी नेपालीको मर्मस्पर्शी गीत

नेपालमा गइरहने प्राकृतिक विपत्तिबारे अष्ट्रेलियाबासी नेपालीले मर्मस्पर्शी गीत निर्माण गरेका छन्। हालसालै सप्तरीमा बाढीले अर्बौको धनजन क्षति र लाखौं विस्थापित भएको सन्दर्भ जोड्दै थन्डरस्ट्रोम र अरुण आर्यन चौधरीले संयुक्तरुपमा गीत र म्युजिक भिडियो निर्माण गरेका हुन्।

दुई गोल्ड र एक सिल्भर मेडल जित्दै अष्ट्रेलियाबासी नेपाली बने स्टेट च्याम्पियन

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्।

पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न

अन्तर्राष्ट्रियनेपाली साहित्य समाज (अनेसास)को पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चिम अस्ट्रेलियाको पर्थमा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यही सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थ को द म्याकेडेनीएन कम्युनीटि सेन्टरमा आयोजना भएको दुई दिने सम्मेलन अनेसास, पर्थकोआयोजनामा सम्पन्न भएको थियो।

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'घिन घिन बज्यो मादल' बोलको गीतमा अष्ट्रेलियाकै नेपालीहरुको नृत्य समूह द नेक्स्टले अभिनय गरेको छ। गीतको भिडियोमा समूहका प्रदीप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मियालगायतले नृत्य गरेका छन्।

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा चार स्थान माथि उक्लिए

अष्ट्रेलियाली धनीहरुको सूचिमा शेष घले दम्पती गत वर्षभन्दा चार स्थान माथि उक्लिएका छन्। ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन्।

नेपाली वस्तुकाे बजार विस्तारमा सघाउन अष्ट्रेलियाली राजदूतसँग मन्त्री जोशीकाे अाग्रह

नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगत सुधारका कारण नेपालमा वैदेशिक लगानीकाे वातावरण बन्दै गएको बताएका छन्।

लि खछ्याङको भ्रमणले चीन–अष्ट्रेलिया सम्बन्ध थप सुदृढ

चिनियाँ प्रधानमन्त्री लि खछ्याङको अष्ट्रेलिया भ्रमणले चीन र अष्टे्रलिया बीचको सम्बन्धलाई थप सुदृढ बनाएको र यसले नयाँ उचाई थपेको विश्लेषण गरिएको छ ।

अष्ट्रेलियामा सृष्टिसँगै समुन्द्रमा डुबेका सुदीपको पनि मृत्यु

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ। मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बुधबार भेटिएको हो। शव सोमबार सृष्टि भण्डारीसँगै समुन्द्रमा डुबेका उप्रेतीको भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्।

अष्ट्रेलियामा नेपाली विद्यार्थी सृष्टि भण्डारीको मृत्यु

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनको शव मंगलबार फेला परेको हो।

'आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ'

ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ ।

अमेरिका र अष्ट्रेलियाबीच चर्काचर्की

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलका बीच शरणार्थी समस्या समाधानका विषयमा भएकोे टेलिफोन वार्तामा चकाचर्की भएको छ। वासिङ्गटन पोष्ट' पत्रिकाका अनुसार अष्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले ओबामा प्रशासनले गरेको शरणार्थी सम्झौताबारे अमेरिकी राष्ट्रपति ट्रम्पबाट आश्वस्त हुन खोज्ने बित्तिकै ट्रम्पले टर्नबुलको आलोचना गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्