२३ असार २०८१ आइतबार
image/svg+xml

ठगी आरोपमा मेयरका छोरा पक्राउ

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

सर्लाहीको विभिन्न पालिकामा अतिक्रमित सडक खाली गराउने अभियान सुरु

पूर्व–पश्चिम राजमार्गको सम्पूर्ण अतिक्रमण हटाउन सुरु गरेको छ। मुख्य राजमार्गको अतिक्रमण हटाउने अभियान सुरु गरिएको तर केही व्यासायीहरुले छठसम्मको अन्तिम समय सीमा माग गरेको हरिवन नगरपालिकाले जनाएको छ।

ट्रकको ठक्करले सर्लाहीमा एक जना पैदल यात्रीको मृत्यु

सिराहाको मिर्चैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नम्बरको गहुँलोड भएको ट्रकले पैदल यात्रीलाई सोमवार बिहान ठक्कर दिएको थियो। हरिवन नगरपालिका ९ बस्ने करिब ५० वर्षका रामचन्द्र रायमाझीलाई ट्रकले ठक्कर दिँदा रायमाझीको घटनास्थलमै मृत्यु भएको हो।

सर्लाहीमा कुकुरले १६ जनालाई टोक्यो

सर्लाहीको हरिवनमा कुकुरले १६ जनालाई टोकेको छ। हरिवन नगरपालिका वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा ६ जनालाई छाडा कुकुरले टोकेको हो।

जग्गा दाता दम्पत्तिको विद्यालयमा सालिक अनावरण

सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरमा सञ्चालित श्रीमती माइरानी मिक्चन माध्यमिक विद्यालयलाई जमिन उपलब्ध गराउने मिक्चन दम्पत्तिको सालिक अनावरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्