वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता
सुर्खेतका ९ तहमध्ये ८ वटाको मत परिणाम घोषणा भएको छ। सदरमुकाम वीरेन्द्रनगरको मतगणना जारी छ। गणना सम्पन्न भएकामध्ये तीन नगरसहित दुई गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।
सुर्खेतका ९ तहमध्ये ८ वटाको मत परिणाम घोषणा भएको छ। सदरमुकाम वीरेन्द्रनगरको मतगणना जारी छ। गणना सम्पन्न भएकामध्ये तीन नगरसहित दुई गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।
अहिले सुर्खेत उपत्यकामा खानेपानीको काकाकुल छ। धारामा पाँच दिनमा एकपटक पानी आउँछ। उपत्यकावासीको यही समस्यालाई राम्ररी बुझेका वीरेन्द्रनगर नगरपालिकाका उम्मेदवारले खानेपानी समस्या समाधानलाई प्रमुख एजेण्डा बनाएका छन्।
दुई दशकअघि मेयर बनेका एमाले नेता बालाराम शर्मासँग 'छोरो पुस्ता'का कांग्रेसका देवकुमार सुवेदी र माओवादी केन्द्रका रत्नबहादुर गाहा भिड्दैछन्।
बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा मनोनयन दर्ता सुरु भएको छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि दुई स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ।