अनिश्चित बन्दै पोखराको हवाई उडान
वायु प्रदूषणले भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अझै अवरुद्ध छ। पोखराको वायुमण्डलमा रहेको बाक्लो तुवाँलो तत्काल हट्ने अवस्था नदेखिँदा हवाई उडान अझै अनिश्चित बन्दै गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भनाई छ। पछिल्लो पाँचदिन अवधिमा गत आइतबार मात्र मध्यान्हपछि विमानस्थल खुलेर केही उडान भएपनि त्यसपछि पनि विमानस्थल खुल्न सकेको छैन। सोमबार र मंगलबार पनि विमानस्थल खुल्न सकेन