८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीमा उम्मेदवारी नदिने एमालेको निर्णय

नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले भर्खरै प्रधानमन्त्रीबाट राजीनामा दिएको दलले पुन उम्मेदवारी दिनु उचित नहुने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको हो। तर, एमालेले प्रधानमन्त्रीका उम्मेदवार प्ष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपमहासचिव घनश्याम भुसालले जानकारी दिए।

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिने

सत्ताबाट बाहिरिँदै गरेको नेकपा एमालेले बुधबार हुने प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिने भएको छ। अहिलेको सरकार हटाउन प्रमुख भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सर्वसम्मत प्रधानमन्त्री बन्न नदिन एमालेमा एकमत देखिए पनि उम्मेदवार टुंगो भने लागेको छैन। नयाँ गठबन्धनले दाहाललाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ।

नयाँ शक्ति पार्टी अध्यक्षमा भट्टराईको उम्मेदवारी

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्