प्रधानमन्त्रीमा उम्मेदवारी नदिने एमालेको निर्णय
नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले भर्खरै प्रधानमन्त्रीबाट राजीनामा दिएको दलले पुन उम्मेदवारी दिनु उचित नहुने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको हो। तर, एमालेले प्रधानमन्त्रीका उम्मेदवार प्ष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपमहासचिव घनश्याम भुसालले जानकारी दिए।