अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु
ग्यास भर्ने क्रममा एकाएक एउटा सिलिन्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिन्डर पड्किन थाले। त्यसक्रममा सिलिन्डर भरिरहेका भारतीय नागरिक वृजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।