१६ असार २०८१ आइतबार
image/svg+xml

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

नाै जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त सहित ९ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।

नगरकोट गैरीगाँउबाट १३ जुवाडे पक्राउ

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउबाट बुधबार प्रहरीले जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ।

गीत गजल रेष्टुरेन्टबाट १२ जुवाडे पक्राउ

विराटनगरको एक गीत गजल रेष्टुरेन्टबाट प्रहरीले सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

मोरङमा सात जना जुवाडे पक्राउ

मोरङको लेटाङबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। मंगलबार बिहान २ बजेतिर जुवा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गोरखामा १२ जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन्। एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए।

भक्तपुरबाट नौ जुवाडे पक्राउ

भक्तपुर प्रहरीले नौ जुवाडेलाई नियन्त्रणमा लिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ९ फैढोकास्थित सरोज थापाले कुखुरा पालनका लागि बनाएको टहरामा तास खेलिरहेका उनीहरुलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्