१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँके निकुञ्जमा सात वयस्क पाटेबाघ, एक वर्षमा तीन थपिए

एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा तीन वटा नयाँ वयस्क पाटे बाघ थपिएको छन्। अघिल्लो वर्ष सन् २०१५ मा चार वटा पाटे बाघ रहेको निकुञ्जमा २०१६ मा बढेर सात वटा पुगेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वार्डेन डिलबहादुर पुनले २०१६ को गणना अनुसार बयस्क पाटे बाघ सात वटा रहेको पुष्टि गरे।

ठूलो लगानीमा बाँकेमै बीउ प्रशोधन उद्योग

निजी स्तरमा ठूलो लगानीमा सञ्चालित ‘ग्लोबल एग्रिटेक नेपाल प्रालि’ले बिहीबारदेखिआफ्नै उद्योगमार्फत बीउ प्रशोधन सुरु गरेको छ। जिल्लाको बनकटवा–९, लालपुरमा रहेको उक्त उद्योगले पहिलोपटक ठूलो क्षमताको मेसिनमार्फत बीउ प्रशोधन सुरु गरेको हो।

ओरालो लाग्दै बाँके क्रिकेट

उनीहरूसँग क्रिकेटमा आफूले गरेका कामको सूची लामै छ । प्राप्त उपलब्धि पनि धेरै छन् । अझ धेरै छन्, योजना र तिनलाई कार्यान्वयन गर्न नसकेका गुनासा । तर क्रिकेट स्वयं ओरालो लाग्दो छ, शून्यमै पुग्न लागेजस्तो । कुनै बेला क्रिकेटको सहर भनेर चिनिने बाँकेको परिचय फेरिइसकेको छ । क्रिकेट खेल सुस्ताउँदै छ ।

बाँकेमा एक व्यक्तिको हत्या

बाँकेको उढरापुरमा एक व्यक्तिको हत्या भएको छ । बाँके, उढरापुर–२ निवासी ३८ वर्षीय प्रेमबहादुर थापाको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) सरोज पौडेलका अनुसार शुक्रबार अपरान्ह करिव ४ बजेतिर थापाको शव फेला परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्