४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पुलमा ढिलासुस्तीः आठ वर्षको प्रगति ३० प्रतिशत

केही दिनअघिको वर्षाले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउसमा पहिरो निम्त्यायो। पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भयो। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डमा बेलाबेला समस्या आउँछ। यो राजमार्गको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, बैकल्पिक मार्ग सुधार्नमा कहिल्यै चाँसो दिइएन। यतिसम्मकी त्रिशुलीमाथि बनाउन थालिएको पुल बेलैमा नबन्दा बुद्धसिंह मार्ग चल्तीमा अउन सकेको छैन। बुद्धसिंह मार्ग जोड्नेगरी त्रिशुलीमाथि आठवर्ष अघि पुल बनाउन सम्झौता भएपनि अहिलेसम्म जम्मा ३० प्रतिशत काम भएको छ।

पोखरा–मुग्लिनः बैकल्पिक सडकलाई पुरै वेवास्ता

सामान्य अवस्थामा पोखरा–मुग्लिन तीनघण्टामा पार गर्न सकिने भएपनि बिस्तार सुरु भएपछि यो खण्डको यात्रामा ढिलाई हुन थालिसकेको छ। पृथ्वी राजमार्गको दमौली–मुग्लिन खण्डको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, यो मार्ग बिस्तार र सुधार्नमा कहिल्यै चाँसो दिइएन। त्यसको परिणाम सडक बिस्तारको क्रममा दमौली–मुग्लिन खण्डमा यात्रा गर्दा यात्रुले झन्झट खेप्नुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्