६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

हिमपातले यातायात, टेलिफोन र विद्युत सम्पर्क टुटायो

हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी सहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै म्याग्दीको गुर्जामा पनि विद्युत र टेलिफोन सम्पर्क टुटेको छ। हिमाली जिल्लासम्मको यातायात पनि अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्