१४ असार २०७९ मंगलबार

खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ।

स्कुटरसहित खोलामा खस्दा शिक्षिकाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।

स्किब्स कप बास्केटबल शुक्रबारदेखि

स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

एन्जल्स हर्ट सेमिफाइनलमा

एन्जल्स हर्टको दुवै टोली सोमबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

स्वस्तिश्रीमा खेलकुद

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा स्वस्तिश्री गुरुकुल विद्यालयमा सोमबारबाट खेलकुद कार्यक्रम उद्घाटन गरिएको छ।

प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ।

सुदूरमा अत्यधिक गर्मी: जनजीवन प्रभावित, विद्यालय बन्द गरिँदै

पश्चिम तराईमा दैनिक गर्मीको पारो चढ्दैछ। अत्यधिक गर्मी बढ्दा सुदूर तराईको जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मी हुँदा कैलाली, कञ्चनपुरका साथै डोटीको दिपायल र अछामको साँफेबगर क्षेत्रको जनजीवन कष्टकर बन्दै गइरहेको छ।

विद्यालयमा हुने यौनजन्य हिंसा समेत रोक्ने गरी ऐन संशोधनको तयारी

सामुदायिक विद्यालयमा हुने यौनजन्य हिंसासमेतलाई समेट्दै कार्यस्थलमा हुने यौनजन्य हिंसा दुर्व्यवहारसम्बन्धी ऐन संशोधनको तयारी थालिएको छ।

केयूले आइआइटीएचसंग संयुक्त डिग्री कार्यक्रम चलाउने

काठमाडौं विश्वविद्यालय (केयू) ले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरू इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी-हैदराबाद (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी-हैदराबादसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जेठ २८ गते बेलायती शैक्षिक मेला

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गते ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ।

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनःलगाइएको छ। त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ।

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह

काठमाडौं विश्व विद्यालयले २७ औं दीक्षान्त समारोहको (दोस्रो चरण) जेठ २० गते गर्ने भएको छ।

अब एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

पर्सा जिल्लाका निजी विद्यालय आवद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ।

सदरमुकामकै झोले विद्यालयमा नगर प्रमुख पुगेपछि...

निर्वाचित भएर शपथ ग्रहण गरी कार्यभार सम्हालेपछि चुनाव प्रचारको भन्दा पनि निकै बढी सक्रिय देखिएका गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह मंगलबार एउटा यस्तो विद्यालयमा पुगे जहाँको अव्यस्था कुनै दन्त्यकथाको विद्यालय जस्तो पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्