चिडियाखाना विस्तारमा ढिलाइ
जावलाखेलस्थित सदर चिडियाखानालाई भक्तपुरमा विस्तार गर्ने प्रक्रिया ढिलाइ भएको छ। चिडियाखानामा रहेका पशुपक्षीलाई खेल्ने र चर्ने पर्याप्त ठाउँ नभएको भन्दै गत जेठ ३० गते सरकारले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना विस्तार गर्ने निर्णय गरेको थियो।