८ मंसिर २०८१ शनिबार
image/svg+xml

२ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको प्रमाण पत्र

कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित हथिहवा स्वास्थ्य चौकीलाई त्यसको प्रमाण पत्र प्रदान गरिएको हो ।

माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई २० वर्षपछि प्रमाण पत्र

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले कपिलवस्तुको तौलिहवामा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई प्रमण पत्र प्रदान गरेको हो। आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गंगाधर अधिकारीको अगुवाईमा आएको टोलीले बेपत्ता पारिएका १६ परिवारलाई प्रमाण पत्र प्रदान गरिएको हो।

नक्कली प्रहरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ ।  आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मंगलबार आरोपपत्र दायर गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्