२३ वैशाख २०८१ आइतबार
image/svg+xml

काँग्रेस महासमिति बैठकः आजबाट बन्दसत्र, महामन्त्री थापाको प्रतिवेदन पनि पेश हुने

गोदावरीमा जारी नेपाली काँग्रेसको महासमिति बैठकमा आजबाट बन्दसत्र सुरु हुँदैछ।

एमाले मधेश प्रदेश अधिवेशन: रघुवीरको अडानले सहमतिमा नेतृत्त्व चयन गर्न सकस

जनकपुरधामास्थित महेन्द्रनरायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान ११ बजेबाट बन्दसत्र सुरु भएको हो।

माओवादी महाधिवेशन: सहमति खोज्न बन्दसत्र स्थगन

अध्यक्ष पुष्पकमल दाहालले पनि सकेसम्म केन्द्रीय सदस्य र पदाधिकारीको चयनमा सहमतिको प्रयास गर्ने तर लोकतान्त्रिक प्रक्रियालाई पनि खुला राखिने बताएका छन्।

माओवादी आठौँ महाधिवेशनः बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो ।

एमाले महाधिवेशनः आजको बन्दसत्र सुरु भएन, प्रतिनिधि अलमलमा

आज विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अझैंसम्म सुरु हुन सकेको छैन।

'नेतृत्व चुनौती थेग्न सक्ने हुनुपर्छ'

देशमा देखिएको राजनीतिक समस्याको ठिक ढंगले समाधान गर्न सक्ने नेतृत्व महाधिवेशनबाट चयन हुने उनले बताए। राष्ट्रको सामाजिक परिवर्तन, अग्रगामी विकास, सुशासनको आन्दोलनलाई ठिक ढंगले अगाडि बढाउने नेतृत्व महाधिवेशनले चुन्नुपर्ने उनको भनाइ थियो। उनले एमालेमा एकता कायम गरी चुनौतीको सामना गर्न सक्ने, राजनीतिमा देखिएका विकृति हटाउन सक्ने र पथभ्रष्टलाई सुबाटोमा ल्याउने नेतृत्व आवश्यक भएकोमा जोड दिए।

बन्दसत्रबाट ओलीलाई सर्वाधिकार

एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ। महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले यस्तो प्रस्ताव गरेलगत्तै रावलले अध्यक्ष मण्डल बसेकै स्थलबाट आपत्ति जनाएका हुन्।

एमाले महाधिवेशनः यस्तो देखियो बन्दसत्र (फाेटाेफिचर)

चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेसनको बन्दसत्र सुरु भएको छ।

एमाले महाधिवेशनः ओली समूहले नै एकअर्कालाई नछाडेपछि बन्दसत्र अन्योलमा

बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपनि शीर्ष नेताहरुबीच आपसी समझदारी हुन सकेको छैन।

एमाले महाधिवेशनः सहमतिका लागि नेताहरु छलफलमा

बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन्। सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन्।

एमाले महाधिवेशनः स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ।

एमाले महाधिवेशनको बन्दसत्र होटल सेभेन स्टारमा

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

पत्रकार महाधिवेशनको बन्दसत्रबाट प्रतिवेदन पारित

नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनअन्तर्गत महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्