४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेताहरूको सहकार्यमै जोड

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक परिवर्तनमा जस्तै मुलुकको आर्थिक विकास र समृद्धिका लागि दलीय एकता र सहकार्यमा जोड दिएका छन्।

नेपालको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगरले नेपालको विकासका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको बताएका छन्।

विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

जनप्रतिनिधि निर्वाचित भएर आएपछि संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको दाबी गरे

सडक खुलाउन नगरपालिका र निर्माण व्यवसायीबीच सहकार्य

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न निर्माण कम्पनीसँगको सहकार्यमा अवरुद्ध सडक सुचारु गराउने भएको छ। गत असार २७ गतेदेखि साउन ५/६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडालाई जोड्ने सडक पहिरोले भत्किएका कारण निर्माण कम्पनीसँगको सहकार्यमा सडक मर्मत गरेर सुचारु गराउने निर्णय गरिएको मेयर इवन राईले बताए।

बाघ संरक्षणमा सहकार्य

नेपाल र भारतमा सन् २०१४ मा भएको गणनामा दुवै देशमा विचरण गर्ने बाघको पहिचान भएको थियो भने यस वर्ष उक्त संख्या बढ्ने अनुमान गरिएको छ। दुवै देशको बाघको संख्या बढ्नु नै सीमा वारपार सहकार्य र समन्वयको सबैभन्दा ठूलो उपलब्धि हो।

‘चीन र अमेरिका सहकार्य विश्वको चाहना’

संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुई चिनकाइले विश्वले चीन र अमेरिकाबीच सशक्त सहकार्यको अपेक्षा गरेको बताएका छन्।

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको दाभोस पुगेका प्रधानमन्त्री ओलीले मंगलबार ‘स्टार्टेजिक आउटलुक अन साउथ एसिया’ कार्यक्रममा नेपालले क्षेत्रीय सहयोग र सहकार्यमा जोड दिएको बताएका हुन्।

‘पार्टी मास्ने प्रचण्ड,बाबुरामसँग बोलचाल छैन,विप्लवसँग सहकार्य छ’

‘पार्टी विभाजको दोष प्रचण्डजीले लिनु पर्छ, हाम्रो सोझोपनले पनि पार्टी विभाजनमा केही काम गर्यो, बेलैमा प्रचण्ड, बाबुरामजीको चालबाजी बुझ्न सकिएन।’ बैद्यले भने –‘प्रचण्ड र बाबुरामसँग ‘तात्कालिन माअोवादीको लेगेसी’ अब बचेको छैन, बाबुरामजी हामीबाट निकै टाढा पुग्नु भो, वहासँग त बोलचाल पनि हुँदैन।’

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए।

एमालेले सहकार्य नमान्दा जनयुद्ध गर्नुपर्यो: अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनमा सहकार्य गर्न तत्कालिन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्।

नेपाल र बेलायतबीच शैक्षिक सहकार्यको प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच सोमबार भएको भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ।

एलआरआई–इङ्लिस इन चेस्टर सम्झौता

काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतको इङ्लिस इन चेस्टरबीच द्विपक्षिय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ।

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन्।

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग साेमबार भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्