२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ।

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ।

नेप्से बढ्यो, कारोवार घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ। स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ।

बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ। उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो।

सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ।

शेयर बजार : नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ।

साताको शेयरः दुई अर्बको कारोबार

धितोपत्र बजारमा यस साता कूल एक सय ७० कम्पनीको करिब दुई अर्ब बराबरको शेयर कारोबार भयो। आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोबार भए। नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोबार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो।

शेयर बजारः नेप्से परिसूचक थामियो

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ। बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो।

लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ।

हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ।

शेयर बजारः नेप्से झिनो अङ्कले सुधार

धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ।

वित्तीय साक्षरता अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

धितोपत्र बोर्डले वित्तीय साक्षरता बढाउने उद्देश्यले यही असार १७ देखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। यस्तो सम्मेलनमा नेपालमा पहिलोपटक गरिन लागेको हो।

ओरालो लाग्यो शेयर बजार

सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ।

साताको शेयर बजारः एक अर्ब ९१ करोडको कारोबार

सुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिमतिर आइपुग्दा उकालो लाग्ने संकेत ग–यो। यद्यपि कारोबार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्