३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

इन्डोनेसियामा नौ नेपाली पक्राउ

इन्डोनेसियाको अध्यायगमनले ९ नेपालीलाई पक्राउ गरेको छ । परिचय खुल्ने कागजात नभएका उनीहरूलाई अवैध तरिकाले बसेको आरोपमा अध्यागमनले आइतबार राति दक्षिण सुलाबेंसीबाट पक्राउ गरेको हो।

नापी अधिकृत घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ।

नवजात शिशुको हत्या, दुई पक्राउ

जिल्लाको उत्तरी सिदिनमा नवजात शिशुको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ। शव फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

पञ्चायतका अन्तिम जिल्ला सभापति लागुऔषध मुद्दामा पक्राउ

पञ्चायती ब्यवस्थाका अन्तिम जिल्ला सभापति रहेका एकजना ७१ वर्षिय बृद्ध लागुऔषध मुद्दामा पक्राउ परेका छन्। जिल्ला पञ्चायत लमजुङका सभापति भै सकेका जिल्ला नेता गजबहादुर गुरुङ आईतबार लमजुङबाट पक्राउ परेका हुन्।

गोली प्रहार गरी हत्यामा संलग्न अभियुक्त पक्राउ

हत्यामा संलग्न मुख्य अभियुक्त प्रक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको छ। बारा काटघाट जंगलमा पुस १३ गते २ जनालाई घाँटी रेटी हत्या गरी फरार रहेका मुख्य अभियुक्त बारा महागढिमाई– ८ का गिरीबाबा भन्ने २६ वर्षीय बृज किशोर गिरीलाई प्रक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो।

यौनकार्यमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ

झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

हत्या आरोपी पक्राउ गर्न खोज्दा गोली चल्यो

बाराको एक घटनामा कर्तव्य ज्यानको मुद्दामा अभियुक्त रहेका गिरी वावा भनिने बृजकिशोर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

साढे ५ किलाे चाँदीका १५३ थान ‘सिन्दुरदानी’सहित एक पक्राउ

पर्सा प्रहरीले सिन्दुर राख्ने चाँदीका बट्टा (सिन्दुरदानी) अवैध रुपमा भारतबाट भित्र्याउँदै गरेको अवस्थामा बरामद गरेको छ। सिन्दुरदानीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। वीरगन्ज –१९ स्थित रजत जयन्ती चोकमा चेक जाँचमा खटेको प्रहरी टोलीले शुक्रवार साँझ करिब ७ बजे ना ३३ प ३३६२ नम्बरको मोटरसाइकलबाट १ सय ५३ थान चाँदीका सिन्दुरदानी बरामद गरेको पहरी उपीक्षक गोबिन्दकुमार साहले बताए।

बागमतीमा फोहर फाल्ने पक्राउ, २० हजार जरिवाना

उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ ।

युवासंघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य आरोपी पक्राउ

प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ ।

युवासंघका नेतामाथि खुकुरी हान्ने पक्राउ

प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ।  बुढाथोकी माथि पुस १४ गते कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै लक्ष्मण मल्ल सहितको समुहले  खुकुरी प्रहार गरेका थिए ।

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।

सेञ्चुरी बैंक ९ करोड घोटाला प्रकरणका तीन अभियुक्त पक्राउ

धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ। एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्