भत्काइएकै ठाउँमा फेरि ठडिन थाले छाउगोठ
‘छाउ (महिनावारी) हुँदा आराम चाहिन्छ, पोषिलो खानेकुरा खानुपर्छ, घरदेखि एकान्तको छाउगोठमा बस्नुहुन्न भन्ने जानकारी हामीलाई छ,’ पञ्चपुरी नगरपालिका–७ धनबोटकी किशोरी रोशनी बयकले भनिन्, ‘थाहा हुँदाहुँदै पनि परिवार, छिमेक र समाजको दवाबले बाहिरै बस्नुपर्ने बाध्यता छ।’