कर्तव्य नभुलौं
हामी संसारमा जुन परिवर्तन ल्याउन चाहन्छौं पहिला आफूमै त्यो परिवर्तन ल्याऊ“ भन्ने महात्मा गान्धीको भनाइलाई हामीमध्ये कतिले आफ्नो जीवनमा उतार्ने साहस देखाउन सक्छौं होला?
हामी संसारमा जुन परिवर्तन ल्याउन चाहन्छौं पहिला आफूमै त्यो परिवर्तन ल्याऊ“ भन्ने महात्मा गान्धीको भनाइलाई हामीमध्ये कतिले आफ्नो जीवनमा उतार्ने साहस देखाउन सक्छौं होला?
चिकित्सा क्षेत्रमा देखिएको बेथितिविरुद्ध उत्रिएका डा. गोविन्द केसी नागरिक समाजको प्रतिमूर्तिका रूपमा स्थापित भए। निष्ठा तथा पेशाप्रतिको इमान्दारिताले केबल बिरामीको इलाज गर्ने पुरातन डाक्टरभन्दा फरक चिकित्सकका रूपमा उभ्यायो उनलाई। औषधि विज्ञानलाई व्यापारीकरण गरिन नहुने र स्वास्थ्य क्षेत्रमा सबै जनताको पहुँच हुनुपर्ने मागमा अडिग छन् उनी।