४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखराः अन्तर्राष्ट्रियसँगै पुरानो विमानस्थल पनि चलिरहने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको चालु (पुरानो) विमानस्थलबाट हुँदै आएका ठुला आकारका जहाजको उडान र अवतरण पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु हुनेछन्। तर, छोटो दूरीको धावनमार्गबाट उडान र अवतरण हुने (स्टल) जहाज सहित अल्ट्रालाइट र हेलिकप्टरको उडान भने पुरानै विमानस्थबाट संचालन हुनेछन्। ठुला जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन भइरहँदा चालु विमानस्थल पनि चल्तीकै अवस्थामा रहिरहने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

पोखराको चालु विमानस्थलको भविष्य के?

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। कुनै बाधा अवरोध उत्पन्न नभए अबको केही महिनापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनेछ। नयाँ विमानस्थलबाट उडान र अवतरण सुरु भएसँगै हाल संचालनमा रहेको विमानस्थल के गर्ने भन्नेमा बहस सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्