एभरेष्ट बैंकको अध्यक्षमा डा. वैद्य
एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्।
एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्।
हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा हस्तान्तरण गरेको छ।
मध्य नेपालको सानो ऐतिहासिक नेवार सहर हो, पनौती। धार्मिक, ऐतिहासिक, पुरातात्विक सांस्कृतिक र प्राकृतिक सम्पदाको एक विशिष्ट नमुनाको पहिचान बनाएको छ, यो शहरले। पनौती प्रकृति र संस्कृतिको सङ्गमस्थल हो। भनिन्छ यो शहर भूकम्प नजाने र ढिकी चलाउन नहुने जस्ता मान्यता बोकेको नगर पनि हो। देवराज इन्द्रको तपोभूमि, शचीको प्यारो भूमि र अहिल्याको मुक्तिभूमिका रूपमा पनि यसलाई चिनिन्छ। यस्तो पावन भूमिमा प्रत्येक बाह्र वर्षको एकपल्ट माघ महिनाभरि मेला लाग्छ। यस मेलालाई मकर मेला भनिन्छ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को असरका क्षेत्र पनि असीमित नै छन्। त्यसमा पनि भोलिको भविष्य निर्माणका अधारस्तम्भका रुपमा रहेका अहिलेका विद्यार्थीहरुको अवस्था निकैनै कठिन परिस्थितीमा गुज्रिरहेको छ। गत हप्ताको नागरिक ३६० मा हामीले अहिलेको महामारीले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयमा पारेको असरबारे विषयको उठान गरेका थियौं। आज भने सम्बन्धित क्षेत्रका सरोकारवालासँग समस्या समाधानबारे निष्कर्षमा पुग्नेछौं।
विगत दुई वर्षदेखि कोभिड १९ को संक्रमणका कारण सम्पूर्ण क्षेत्रमा यसको नकारात्मक असर परेको छ। समय समयमा आउने यसका विभिन्न लहरका कारण सामान्य जनजीवन उन्मुख मानवीय जनजीविका प्रभावित भइरहेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।
अहिले बागमती प्रदेशमा दर्ता सवारीसाधनको संख्या (आव ०७८/७९ कात्तिक मसान्तसम्म) १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ। जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन्। उपत्यकामा गुड्ने १५ लाख सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुई पांग्रे छन्।
नेपाल बालविवाह हुने मुलुकमध्ये अग्र पंक्तिमै आउँछ भने दक्षिण एसियामा तेस्रो स्थानमा पर्दछ।
खासमा ‘राज’मा ‘नीति’ हावी हुनु पर्ने हो। तर पछिल्लो समयमा गाली सुनिन थालेको छ। नीतिमाथि बहसभन्दा पनि एक अर्कालाई गाली गर्ने राजनीतिले मुलुकलाई कहाँ पुर्याउने होला?
दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी बसन्ती विक महिनावारी हुँदा चार दिनदेखि छाउगोठमा बस्दै आएकी थिइन्। २०७७ साल असार ८ गते पानी परिरहेको थियो। घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरू पस्न थाले। बसन्तीले जेठो छोरा रूपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन्। छाउगोठको भित्रि कुनामा आगो बालिन्। बेलुका ८ बजेतिर खाना खाँदै गर्दा बसन्तीको शरीरमा आगो सल्कियो।
पछिल्ला केही वर्षयता काठमाडौं उपत्यकासहित नेपालमा पनि वायु प्रदूषण बढ्दै गएको छ। वायु प्रदूषणसँग सम्बन्धित बिभिन्न रोगहरुका कारण नेपालमा वर्षेनि ३५ हजारभन्दा बढी मानिसहरुले अल्पायुमै ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्य र मुलुकको समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने वातावरणजस्तो संवेदनशील विषयतर्फ विश्व समुदाय जसरी चिन्तित देखिन्छ, त्यो संवेदनशीलता नेपाल सरकार र नीति निर्मातामा पाइँदैन।
मन्त्रिपरिषद् विस्तारमा ‘भाग खोजेको’ भन्ने आरोपबाट सुरु भएको प्रधानन्यायाधीश जबराको राजीनामाको माग अहिले भ्रष्टाचारलगायत न्यायपालिकामा विद्यमान अन्य विकृति र विसङ्गति समेत उनको पालामा मौलिएको भन्दै चर्किएको छ।
नेपालका राजनीतिक पार्टीहरुमा मन्त्री बनाउने या बन्ने मापदण्डमा जिम्मा दिने या लिने मन्त्रालयको विषयमा सामान्य ज्ञान या त्यो व्यक्तिको सोच (योजना) को विषयमा छलफल गरेको सुनिँदैन।
रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेको खुमलटार ट्रान्समिटिङ स्टेशनको करिब ७० रोपनी जग्गा निजी कम्पनीलाई विभिन्न व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा नेपाली कांग्रेसले वडाका अध्यक्ष र सदस्य गरी ३ सय ६० पदका उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका ७९ वडाका अध्यक्ष तथा सदस्यमध्ये ३५ उम्मेदवारको टुंगो लगाउन बाँकी छ।