जलवायु परिवर्तनले अन्तर्राष्ट्रिय तनाव बढाउने प्रक्षेपण
सन् २०४० सम्म विभिन्न राष्ट्र जलवायु परिवर्तनबाट उत्पन्न असरलाई कसरी सम्बोधन गर्ने विषयमा आपसमा विवाद गर्ने र विशेषगरी यसको प्रभाव जलवायुजन्य प्रतिकूल प्रभावसँग अनुकूलित हुन असमर्थ अति गरिब राष्ट्रमा बढी पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा जलवायु परिवर्तनले पानीसम्बन्धी द्वन्द्व, आप्रवास, विभिन्न देशका सीमामा मुठभेडको स्थिति सिर्जना हुन सक्ने आकलन गरेको छ।