५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेसका किसानलाई जल र मलको पिरलो

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल बिना छटपटाउँदै निरीह देखिएका छन्।

मधेसका किसानको सदाबहार पिरलो ‘जल’

सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव सधैं पिरोलिने कारण हो, जल अर्थात् पानी। अर्को कारण हो मल। पानी अभावमा सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा जमिन बाँझो राख्नु परेर पिरोलिने उनी अहिले भकारीमा भित्र्याउने धान खेतमै डुब्दा पिरोलिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्