८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गुरुङको सम्मानसहित अन्त्येष्टि

उनको शव मंगलबार नेपाल ल्याइपुर्‍याइएको थियो। त्यसपछि बुधबार बिहान उनको सम्मानमा सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा पार्थिव शरीर राखेर ‘श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रम’ गरिएको थियो। सो कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पार्थिक शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘घरको तला थप्छु भन्थ्यो, बाकसमा शव बनेर आउने भयो’

अनिल पाँच वर्षको हुँदा आमाको मृत्यु भयो। उनका बाजे छवीलाल गुरुङ गाउँका जमिनदार थिए। उनी अहिले ८८ वर्षका भए। अनिलको घरमा बाजेसँगै बुवा लालबहादुर, उनकी श्रीमती र छोराछोरी बस्छन्। अनिल कंगो मिसन जानुअघि घर आएका थिए। पुसको पहिलो साता घरबाट बिदा भएर उनी काठमाडौं हिँडे। ‘पुल बन्दैछ, अव घरको तला थप्नुपर्छ,’ छोराले घर छोडेर जाँदाजाँदै भनेका कुरा सम्झदैं बुवा लालबहादुरले भने, ‘अब छोरो नै रहेन, घरको के कुरा गर्नु।’

अनिल स्वस्तिश्रीको सद्भावना दूत

सम्झौतापत्रमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मीना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गरेका थिए। सम्झौतापछि अनिलले स्कुलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्