१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ।

गलकोटलाई दोस्रो सफलता

समूह ‘बी’ को नेपाल पुलिस क्लबले पनि दोस्रो जित निकाल्दा सोमबार मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा नै पराजित गर्‍यो। राष्ट्रिय टोलीका सदस्य रहेको पुलिसले युवा खेलाडीले भरिएको मणिमुकुन्दमाथि २५–१४,२५–१५ र २५–१५ को जित निकाल्यो।

विभागीय टोलीको सुखद सुरुआत

आर्मीले सुखद सुरुआत गर्ने क्रममा कर्णाली प्रदेशमाथि २५–८, २५–१४, २५–७ को जित हात पार्‍यो। यस्तै एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराउने क्रममा पहिलो सेट २६–२८ ले गुमाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्