८ वैशाख २०८१ शनिबार

पितृ श्राद्ध पक्ष

आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको श्राद्धलाई एकोदृष्टि भनिन्छ। एउटा मात्र पितृको स्मरणमा गरिने श्राद्ध, जसमा आफ्ना आमा, बुवा, पत्नी या पतिका तिथिमा गरिने श्राद्ध एकोदृष्टि श्राद्ध हो। यो श्राद्धमा एउटा मात्र पिण्ड दिइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्