भारतमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि
अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ।