१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।

कुबेतमा श्रम शोषणमा परेकी सपनाको उद्धारका लागि आग्रह

वैदेशिक रोजगारीका लागि कुबेत गएकी मेचीनगर नगरपालिका– ८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन्।

झापामा ‘तरुल उत्सव’ हुने

झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ।

हात्तीले सुँढमा बेरेर पछारेपछि...

सङ्गीताका पति मेघनाथ दुई वटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्‍यो। भुईँमा ढलेका दम्पती बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्‍याए।

१८ वर्षअघि बेपत्ता भएका गोपाल जब घर फर्के...

वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन्।

६ वर्षदेखि मलेसियामा हराएका छोराको खोजी गरिदिन अपिल

वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन्।

आगलागीबाट साढे आठ करोडको क्षति

आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो।

जुत्ताचप्पल कारखानामा आगलागी

श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप

जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ।

ब्राउनसुगरसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालत विराटनगरको आदेश

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।

मेचीनगरको बजेट एक अर्ब ४२ करोड

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो। असार १० गते सुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्रमुख मीना उप्रेतीले बताए।

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्